काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा प्रवीणरमण पराजुली नियुक्त भएका छन् । पराजुलीले आइबातबारदेखि सिनियर डीसीओको कार्यभार सम्हालेका हुन् ।
पराजुलीले आफ्ना विगतका अनुभवहरूलाई आधार मानी थप कार्यक्षमता प्रस्तुत गर्ने बताए ।
पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए ।