मल्लको अर्धशतकमा नेपालद्वारा केन्यालाई १७६ रनको लक्ष्य

ज्ञानेन्द्र मल्लले अर्धशतकको सहयोगमा नेपालले पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा घरेलु टोली केन्यालाई १७६ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो ।नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९ रनको अर्धशतकीय इनिङ खेले । उनले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै रोहित पौडेलले ४७ रन बनाए । अर्जुन साउद २९ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी २२ रनमा आउट भए ।केन्याका शेम एन्गोचे, भिराज पटेल र न