राप्रपा अध्यक्ष कमल थापाले संविधानको धारा ७६ (५)को व्याख्याको दुष्परिणाम आजैबाट देखिन शुरु भएको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासका मत लिँदा फ्लोर क्रस भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन ।
चुनावबाट सबैभन्दा ठुलो र चौथो ठुलो भएका दलहरू विभाजित भएको उल्लेख गर्दै थापाले अदालतको फैसलाकै कारण परस्पर विरोधी एजेण्डा बोकेर जनतामा गएकाहरु सत्तास्वार्थका निम्ति एकठाउँमा उभिने बाटो खुलेको थापाको भनाइ छ ।