मुख्यमन्त्री राउतले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : लोसपा

जनकपुरधाम : प्रदेश २ को प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ।मुख्यमन्त्री राउतले संघीयतालाई बदनाम गराएको आरोप लगाउँदै लोसपाले राजीनामा मागेको हो। लोसपाका सांसद उपेन्द्र महताले आज बसेको लोसपा संसदीय दलको बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग्ने विषयमा छलफल भएको बताए।उनले मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयबाट फाइल नियन्त्रणमा ल