वीर अस्पतालमा भर्ना भएका अभियुक्त फरार

काठमाडौँ। वीर अस्पतालमा भर्ना भएका एक अभियुक्त फरार भएका छन्। बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्त अस्पतालबाट फरार भएका हुन्। केन्द्रीय कारागार हुँदै वीर अस्पतालमा भर्ना भएका राजेश तिरूवा मंगलबार राति फरार भएका हुन्।