काठमाडौँ – नेपाली कांग्रेसको अनौपचारिक पदाधिकारी बैठक आज बुधबार बस्दै छ। पार्टी केन्द्रीय कार्यालयमा बैठक दिउँसो बस्ने पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए। बैठकमा पार्टीको भ्रातृ संघको विधानमाथि छ्लफल गरेर पारित गरिनेछ। बैठकले कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधान छलफल गरेर सुझावसहित पारित गर्ने सम्भावना रहेकाे छ।