आज राति सकिँदै सिरिए : रोनाल्डोको टिम युभेन्टसलाई चर्को दबाब

इलाम : आजबाट इटालियन सिरिए सम्पन्न हुँदै छ।इन्टर मिलानले उपाधि जितिसके पनि अन्तिम चरणको खेल फाइनलसरह हुनेछ। शीर्ष ४ को दौडभित्र पर्दै च्याम्पियन्स लिगमा छनोट हुन एटलान्टा, एसी मिलान, युभेन्टस र नापोली खेल्दै छन्।शीर्ष चारको दौडमा रहेको एटलान्टाले एसी मिलानसँग खेल्दा बोलोग्नाले दबाबमा रहेको युभेन्टसको आतिथ्यता गर्दै छ। नापोलीले घरेलु मैदानमा भेरोनासँग खेल्दै छन्। खेल राति साढे १२ बजे हुनेछ।शीर्ष ४ को दौडमा सबैभन्दा बढी दबाबमा क्रिस्टियानो रोनाल्डो सम्मिलित युभेन्टस छ। ३७ खेलमा ७५ अ