हिमालयन र नेपाल इन्भेष्टमेन्ट मर्जरमा

काठमाडौं । लामो समयदेखि छलफलमा जुटेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक अन्ततः मर्जरमा जान सहमत भएका छन् । दुई बैंकले बिहीवार एकअर्काबीच मर्ज हुन प्रारम्भिक समझदारी (एमओयू) पत्रमा हस्ताक्षर गरेका छन् । हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले मर्जरमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रअनुसार मर्जपछि बैंकको नाम ‘हिमालयन एन्ड इन्भेष्टमेन्ट बैंक’ रहनेछ । यस्तै, बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाण्डे हुनेछन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक राणा हुनेछन् । यस्तै डेपुटी सीईओ ज्योति पाण्डे हुनेछन् । सञ्चालक समितिमा दुवै बैंकबाट ३–३ जना रहनेछन् । नयाँ सञ्चालक समितिले स्वतन्त्र सञ्चालक छानेर ७ जनाको समिति बनाउने छ । इन्भेष्टमेन्ट बैंकको कार्यालय भाडामा भएकाले मर्जरपछि केन्द्रीय कार्यालय कमलादीस्थित हिमालयन बैंकमा रहने निर्णय भएको छ । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बिग मर्जर भएपछि वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गरी चुक्ता पूँजीमा देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्ने बैंकको दाबी छ । चालू आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार हिमालयनको चुक्ता पूँजी रू. १० अर्ब ६८ करोड र इन्भेष्टमेन्टको १६ अर्ब २५ करोड छ । मर्जपछि कुल चुक्ता पूँजी रू. २६ अर्ब ९४ करोड हुनेछ । बैंकको अन्य परिसूचकमा जगेडा कोषअन्तर्गत हिमालयनको रू. ७ अर्ब ६७ करोड र नेपाल इन्भेष्टमेन्टको रू. १४ अर्ब १० करोड रहेको छ । इन्भेष्टमेन्टको कर्जा लगानी रू. १ खर्ब ६० अर्ब ९८ करोड र निक्षेप रू. १ खर्ब ६८ अर्ब २९ करोड रहेको छ भने हिमालयनको कर्जा लगानी रू. १ खर्ब २७ अर्ब १४ करोड र निक्षेप रू. १ खर्ब ४३ अर्ब ७० करोड रहेको छ । अब दुवै बैंकको ३–३ जनाको मर्जर कमिटीले उपसमिति बनाएर प्रशासनको कामहरू कसरी गर्ने, संरचना कस्तो बनाउने, कर्मचारी र शाखा व्यवस्थापन कसरी गर्ने भनेर काम थाल्ने हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले बताए । उनका अनुसार सकभर असारमसान्तसम्म टुंग्याउने गरी मर्जरको प्रक्रिया अघि बढाइएको छ । ‘तर, कोभिड महामारीले गर्दा केही समय लम्बिन सक्छ ।’ हिमालयन बैंकमा रहेको हबिब बैंकको २० प्रतिशत संस्थापक शेयर विक्रीको कुरा चलिरहे पनि मर्जर प्रक्रियाभर औपचारिक विक्री स्थगित रहने अध्यक्ष गौतमले जानकारी दिए । हबिबको शेयर किन्ने पहिलो अधिकार भने हिमालयन बैंककै प्रमोटरहरूको हुने समझदारी भएको बताउँदै उनले अभियानसँग भने, ‘हबिबको शेयर किन्ने पहिलो अधिकार हिमालयनलाई दिने र यसबाट सबै खरीद नभए सामान्य प्रक्रियाअनुसार विक्री खुला गर्ने निर्णय भएको छ ।’ मर्जरका लागि एमओयू गरेको बैंकले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लगायतमा पत्र पठाइसकेको छ । दुवै बैंकको शेयर कारोबार शुक्रवारदेखि एकीकृत मर्जर नभएसम्म रोक्का भएको छ । तर, हबिब बैंकको सवालमा भने आपसी सहमतिबाट कसले कति शेयर किन्ने भनेर आन्तरिक प्रतिबद्धता गर्न सकिने अध्यक्ष गौतमले बताए । किनबेच प्रक्रिया भने मर्जरको एकीकृत कारोबार शुरू भएपछि गर्न सकिने उनको भनाइ छ । नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल बैंकहरू मर्जर प्रक्रियामा आएपछि जति चाँडो अन्तिम स्वीकृतिका लागि पठाउँछन् त्यहीअनुसार शेयर किनबेच गर्न बाटो खोल्न सक्ने बताउँछन् । ‘मर्जर प्रक्रियामा रहेका बैंकले अन्तिम स्वीकृति लिन आउँदा शेयर अनुपात (स्वाप रेसियो) टुंगो लगाएर आउँछन् । हामीले सैद्धान्तिक सहमतिपत्र (एलओआई) दिएपछि जति छिटो अन्तिम स्वीकृति लिन आउँछन् त्यति छिटो एकीकृत कारोबार गर्न पाउँछन्,’ उनले भने । अध्यक्ष गौतमका अनुसार दुवै बैंकको विस्तृत सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गरेर शेयर अनुपात (स्वाप रेसियो) का विषयमा पछि टुंगो लाग्नेछ ।

सम्बन्धित सामग्री

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका नयाँ शाखा थली र कमलविनायकमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले थली र कमलविनायकमा दुईवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ मा थली शाखा र भक्तपुर नगरपालिका वडा नं १० मा...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो पटक युरोमनी अवार्डबाट सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो पटक अन्तर्राष्ट्रिय रूपमा “यूरोमनी अवार्ड फर एक्सिलेन्स् २०२३" बाट सम्मानित भएको छ।...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र उपायबीच समझदारी

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र उपाय सिटि कार्गो प्रालिबीच उपायमा आवद्ध ड्राइभर पार्टनरहरुलाई आधुनिक बैंकिङसहित बीमा लगायतका सुविधाहरु प्रदान गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस समझदारी बमोजिम उपायमा आवद्ध ड्राइभर पार्टनरका लागि आधिकारीक बैंकको रुपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहनेछ । बैंकले कर्पोरेट बेनिफिट सेभिङ एकाएन्ट (एसबीसीबीएस) योजनाअन्तर्गत ड्राइभर पार्टनरहरु […]

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जरलाई राष्ट्र बैंकको स्वीकृति

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जरलाई राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिएको हो । मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू हुने छ । २७ पुसदेखि एकीकृत कारोबार सुरू गर्ने तयारी बैंकको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत लाभांश वितरण गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ३६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत आर्थिक वर्षका लागि चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर तथा ७ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको हो । यसका साथै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने निर्णय पनि साधारण सभाले पारित गरेको […]

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता

काठमाडौं, २७ जेठ । देशकै अग्रणी नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता गरेको छ । शुक्रबार यी दुबै बैंकले स्वाप रेसीयो १००ः९० को अनुपातमा मर्जरमा जाने सम्बन्धी एमओयुमा हस्ताक्षर सम्पन्न गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले पुष्टि गरेका छन् । मर्जरको क्रममा दुई बैंकलाई मिलाएर ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नाम राख्ने र स्वाप रेसीयो मेगाको […]

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको समझदारी

२७ जेठ, काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको लागि समझदारी भएको छ ।  दुवै बैंक एकआपसमा गाभिन शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरे । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ । यस्तै बैंकको […]

नेपाल इन्भेष्टमेन्ट बैंकले पुरा गर्‍याे ३६ वर्ष

नेपाल इन्भेष्टमेन्ट बैंकले स्थापनाको ३६ वर्ष पूरा गरेको छ । ३६ औँ वार्षिकउत्सवको अवसरमा बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालयहरुले रक्तदान, वृद्धाश्रम तथा बालगृहमा खाना खुवाउने तथा विभिन्न खेलकुदका कार्यक्रमको आयोजना...

नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य समायोजन, कति तोकियो ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ ।

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच भोलि मर्ज सम्झौता हुने

अन्ततः लामो समयको प्रयासपछि भोलि बिहीबार हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्ज सम्झौता (एमओयू) हुने भएको छ। स्रोतका अनुसार भोलि एमओयू गर्नेगरी तयारी पुरा भएको छ।