काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनकाे तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनको दोब्बर अग्रता बनाएका छन्।पछिल्लो मतगणनामा महर्जनले ११ सय ६६ मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण ब्याञ्जनकारले ५ सय १० मत प्राप्त गरेका छन्। अहिले मतगणना ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा कडा सुरक्षाबीच जारी छ।