काठमाडौं : आगामी मंसिरका लागि तय भएको १४ औँ महाधिवेशनमा केन्द्रित रहेर कांग्रेसको संस्थापन इतर पक्षका शीर्ष नेताहरूबीच छलफल भएको छ।क्रियाशील सदस्यता विवाद र संस्थापन इतर पक्षबाट एकल उम्मेदवारी दिने विषयमा नेताहरू छलफलमा बसेका हुन्।सोमबार बिहान काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्व-महामन्त्री प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायत नेताहरूबीच छलफल भएको हो। छलफलमा वडा अधिवेशनभन्दा सहमतिमै सभापतिको उम्मेदवार तय गर्ने