माओवादी केन्द्रले बल्ल खोल्यो खाता, डोल्पाको जगदुल्ला गाउँपालिका प्रमुखमा नारासिंह रोकाय विजयी

वैशाख ३१, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिकाबाट निर्वाचन परिणामको खाता खोलेको छ  । सो पार्टीका उमेदवार नारासिंह रोकायले उक्त गाउँपालिका प्रमुखमा ७७० मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का हेमबहादुर महताराले भने ७४६ मत ल्याएका छन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमरिता बोहोरा विजयी भएकी छन् । उनले ७५९ मत ल्याइन् भने प्रतिद्वन्द्वी नेकपा(एमाले) की चन्द्रावतिथापाले ७४९ मत ल्याएकी छन् ।