२२ चैत, चितवन । चितवनको भरतपुर महानगरपालिकामा दाबी गर्दै कांग्रेसका नेताहरु पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन काठमाडौं जाने भएका छन् । केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ, जिल्लाका सांसद र जिल्ला सभापतिसहितको टोली बुधबार डेलिगेसनका लागि काठमाडौं जान लागेको हो । अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसको समेत समर्थनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेनु दाहाल विजयी भएकी थिइन् । […]