बालिका करणी गर्ने दुई फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापले जबरजस्ती करणीका दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं. ६ सिमपानी बस्ने वर्ष ३१ को मोहन श्रेष्ठ र मन्थली नगरपालिका वडा नं. १३ बस्ने वर्ष २२ को सागर भन्ने रामबहादुर सुनार रहेका छन् ।  श्रेष्ठले वैशाख २७ गते दिउँसो १ बजे १६ वर्षीया बालिकालाई बारीमा मकै छर्न गएको समयमा कोही नभएको मौका पारी जबरजस्ती करणी गरेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।  त्यस्तै गत वैशाख २७ गते साँझ ७ बजे १४ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारी लला...