मुद्दा हारेपछि विश्वराजलाई संकट : श्रीमतीसँग सल्लाह गरेर अबको निर्णय लिने !

सर्वोच्च अदालतमा दायर गरेको मुद्दा आफ्नो पक्षमा नआएपछि नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेललाई संकट आइलागेको छ । अब धीरजप्रताप सिंहलाई आईजीपी स्वीकारेर चुपचाप काममा फर्किने कि राजीनामा दिने भन्ने दुई विकल्प उनीसामु आइपरेको छ । उनी तत्काल के गर्ने भन्ने निष्कर्षमा पुगिसकेका छैनन् । हाल निकटस्थ र पारिवारसँगकै छलफलमै आफू रहेको पोखरेलको भनाइ छ । आईजीपीविरुद्ध तपाईँले दायर गरेको मुद्दा खारेज भएसँगै अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले आफू अहिले छलफलमै रहेको र श्रीमती पनि बाहिर भएकाले उनी फर्किएप