काँग्रेस नेता मिन विश्वकर्माले विवाहको उमेर २० वर्ष कायम गर्न नहुने बताएका छन् । नेता विश्वकर्माले प्रहरी र वकिलको कमाइका लागि विवाहको उमेर २० वर्ष कायम राख्न नहुने बताएका हुन् । विवाहको उमेरहदलाई अवैध ठहर्याएर प्रहरी र वकिललाई फाइदा भएको उनको भनाइ छ । आइतबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले विवाहको उमेर २० वर्ष कायम गर्दा प्रहरी र वकिललाई मात्र फाइदा पुग्ने उनले बताए । उनले भने, ‘१८ र २० वर्ष बीचको दुई वर्षमा खासै फरक पर्दैन, तर यहि उमेर हदका कारण १८ वर्षमा बिह