पठन संस्कृति विकासका लागि राज्यले दायित्व लिनु पर्छ : मन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पुस्तकालयको संरक्षण, प्रवर्धन र पठन संस्कृति विकासका लागि राज्यले दायित्व लिनुपर्ने बताउनुभएको छ । काठमाडौँमा शनिबार सत्रौँ पुस्तकालय दिवसका अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री भट्टराईले सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तकालय क्षेत्रलाई पनि प्रविधिमैत्री बनाउँदै विद्युतीय पुस्तकालयमा रूपान्तरण गर्नेतर्फ पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपालमा पुस्तकालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी स्पष्ट नीति तथा कानुन अभाव रहेको उल्लेख गर्दै कानुन बनाउन आफूले सक्दो पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।