हिमाल नाघेर तिब्बतमा यसरी फैलियो बौद्ध धर्म

काठमाडौं : बौद्ध धर्म सबैभन्दा ढिला पुगेको ठाउँ तिब्बत हो। तिब्बतमा बौद्ध धर्म कसरी विस्तार भयो भन्नेबारे बुझ्न इस्वी संवत्‌को ७ औं शताब्दीदेखिका घटनाक्रम अध्ययन गर्नुपर्छ।७ औं शताब्दीमा नेपालमा राजा अंशुवर्माले शासन गर्थे। हिमाल पारीका सबैभन्दा बलिया राजा श्रोङचेन गाम्पो थिए। उनले विभिन्न टुक्रामा रहेको तिब्बतलाई एकीकरण गरी ठूलो साम्राज्य खडा गरे।गाम्पो हिमाल काटेर दक्षिणतिर आए भने नेपाललाई पनि सुरक्षा खतरा छ भन्ने विश्लेषण गरी अंशुवर्माले उनीसँग वैवाहिक सम्बन्ध गाँस्ने