अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्वर ६ ठूलापोखरामा रोपाइँ जात्रा पर्व मनाइएको छ ।
भगवान् श्रीकृष्णको जन्म दिनको अवसरमा मनाइने रोपाइँ जात्रामा धान रोपे झैँ गरी नाच्ने, गाउने गरिन्छ । रोपाइँ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजागाजाका साथ ज्युला असारे गीत गाउँदै र नाच्दै रमाइलो गरी मनाइने गरिन्छ ।
द्वापर युगमा भगवान् श्रीकृष्णको जन्म भएको खुसीयालीमा यो पर्व मनाउन थालिएको किंवदन्ती पाइने छत्रदेव ६ ठूलापोखरा चौवाको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सचिव धनीश्वर पाण्डेले बताउ...