काठमाडौं : नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशका प्रदीप खड्काले व्यक्तिगत विधामा बिहीवार स्वर्ण पदक जित्दा समग्रमा तीन इभेन्टमा तीन स्वर्ण पदक जित्दै ह्याट्रिक गरेका छन्।बिहीवार पोखरा रंगशाला टेनिस कोर्टमा व्यक्तिगत विधामा स्वर्ण पदक जित्दै स्वर्णको ह्याट्रिक गरेका हुन्। व्यक्तिगत विधामा टेनिसका शीर्ष वरियताका खड्काले एनआरएनका आरभ हाडालाई पराजित गर्दै स्वर्ण जितेका हुन्।०–३ सेटको दयनीय अवस्थामा पुगेका प्रदीपले लगातार सर्भिस प्वाइन्ट ब्रेक गर्दै पहिलो सेट टाइब्रेकरमा लिँदै खेल