बजार मान्यताअनुसार माग र आपूर्ति तथा किन्ने र बेच्नेको मोलमोलाइ र सहमतिमा निर्धारित मूल्य नै उक्त वस्तु तथा सेवाको ‘न्यायोचित मूल्य’ मानिन्छ । धितोपत्र बजारको दोस्रो बजारमा पनि कानुनद्वारा निर्दिष्ट सीमाभित्र रहेर किन्ने र बेच्नेले कारोबार प्रणालीबाटै मोलमोलाइ गरी किनबेच गरिने मूल्य नै न्यायोचित वा स्वीकार्य मूल्य मानिन्छ । तर, प्रारम्भिक बजारमा भने अंकित, प्रिमियम […]