२५ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको वेबसाइट ह्याक भएको छ । संस्थान अन्तर्गत सञ्चालन हुने बीएससी सीएसआईटी, बीआईटीलगायतका शैक्षिक कार्यक्रमको प्रवेश परीक्षाका लागि फाराम भर्ने पेज मंगलबार ह्याक भएको हो । उक्त पेजमा ह्याकरले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई न्याय दिन माग गरेको छ । बीएससी सीएसआईटीको […]