गाईको घिउ, अनेकौं रोगमा लाभदायी

 गाईको दूधबाट बनाइएको घिउ नेपालीहरूले प्रायः प्रयोग गरिरहेका हुन्छन् । यसले खानाको स्वाद दुईगुणा बढाउँछ र यो स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसमा अनेक किसिमका एसिड र बीटा क्यारोटीन पाइन्छ । यसले क्यान्सर जस्ता गम्भीर रोगसँग लड्न शरीरलाई मद्दत गर्छ । यसका अन्य फाइदा पनि जानिराखौं । कानको पीडा कानको जाली बिग्रँदा असाध्यै पीडा हुन्छ र सुन्ने शक्ति पनि कमजोर हुन्छ । तर गाईको घिउका केही थोपा नाकमा दिनदिनै हाल्ने गर्नुभयो भने फाइदा हुन्छ । हातगोडा पोल्ने हातगोडा पोल्ने समस्या आइलागेमा गाईको घिउ पाइतलामा मालिश गर्द...