होटल अन्नपूर्ण व्यवस्थापन विरुद्ध खनिए कर्मचारी, कडा संघर्ष गर्ने चेतावनी

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णका कर्मचारीहरुले व्यवस्थापन विरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएका छन । कोरोनाकालमा आफूहरुलाई न्यूनतम तलव समेत उपलब्ध गराउन नसकेको भन्दै बुधबार होटल परिसरमा बिरोध प्रदर्शनमा उत्रिएका उनीहरुले व्यवस्थापन विरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने अवस्था आएको प्रतिक्रिया दिएका छन् । उनीहरुले सरकारले कोरोना कालमा दिने भनेको न्यूनतम  मासिक पारिश्रमिक ५ हजार समेत विगत २ वर्षयता नदिएको भन्दै होटल व्यवस्थापन विरुद्ध चर्का नाराबाजी लगाएका छन ।