१ सय ९२ जनालाई राप्ती र नारायणी नदीमा माछा मार्न अनुमति

चितवन - चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीमा माछा मार्नका लागि एक सय ९२ जनाले अनुमति पाएका छन् । परम्परागतरूपमा माछा मार्दै आएका उनीहरूको अनुमतिपत्र निकुञ्जले नवीकरण गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अनुमतिपत्र लिनेमा बोटे, माझी, मुसहर, कुमाल, थारू समुदायका स्थानीय रहेका छन् । उहाँले भन्नुभयो, 'अनुमति लिनेको सङ्ख्या दुई सय पुग्ने देखिन्छ ।' गएकाे वर्षहरूमा पनि त्यही सङ्ख्याकाे हाराहारीमा स्थानीयले अनुमति लिएर माछा मार्दै आएका थिए ।...