रौतहटमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एकजनाको मृत्यु

३ मंसिर, रौतहट । रौतहटको कटहरियामा गाडीको टायरमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएका छन् । कटहरीया नगरपालिका–५ मा बहादुरपुर टोल रहेको मोटर ग्यारेजमा टायरमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा स्थानीय समसुल मियाँको मृत्यु भएको छ । ग्यारेज सञ्चालक रहेका मियाँको टाउकोमा गम्भीर चोट लागेको थियो । […]