काठमाडौं । नेपाल सरकारले अरुण कुमार चौधरीलाई औपचारिक रुपमा हंगेरीको अवैतनिक महावाणिज्यदूत पदमा पदोन्नती गरेको छ ।उनलाई हंगेरीका परराष्ट्र मन्त्री पिटर सियार्टोले १७ फेब्रुअरी २०२१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले अवैतनिक महावाणिज्यदूतमा पदोन्नति गरेको हो । यस अघि उनी २५ अगष्ट २०१४ देखि हंगेरीको अवैतनिक वाणिज्यदूत नियुक्त भई कार्यरत थिए ।उनलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गा बहादुर सुवेदीले सोमबार ओहदाको प्रमाण पत्र हस्तान्तरण गरेका थिए । डा. सुवेदीले उनलाई ब