काठमाडौं । पुर्व सहसचिव सुनिल खनाल गृहमन्त्री बालकृष्ण खाणको विज्ञमा नियुक्त भएका छन् । गृहको प्रशासन महाशाखाबाट गत महिना मात्रै अनिवार्य अवकाश पाएका खनाल प्रशासन तथा शान्ति सुरक्षा विज्ञमा नियुक्त भएका हुन् । नेपाली काँग्रेस निकट मानिने खनाललाई केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विज्ञमा नियुक्त गरेको हो ।