काठमाडौं : निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिक सांसदको सूचीमाथि छानबिन सुरु गरेको छ। दलहरुले शनिवारसम्मको समय सीमामा बुझाएका नामहरु समानुपातिक/समावेशी सिद्धान्तअनुसार भए नभएकोबारे आयोगले आइतवारबाट छानबिन थालेको हो।
निर्वाचन आयोगका उपन्यायधिवक्ता गुरु प्रसाद वाग्लेले दलहरुको सूचीमाथि छानबिन गरेर सच्याउनका लागि दुई दिनको समय दिने तयारी गरेको जानकारी दिए। ‘निर्वाचित गर्नुपर्नेहरुको नाम दलहरुले…