कोभिड–१९ बाट हालसम्म मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ ।
यीमध्ये सबभन्दा बढी ६० वर्षमाथिका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षमाथिका पाँच हजार ६२९ कोरोना संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै ९ वर्षसम्म उमेर समूहका ४५, १० देखि १९ वर्षका ५२, २० देखि २९ वर्षका ३२९, ३० देखि ३९ वर्ष उमेर समूहका ८६६ कोरोना संक्रमितको मृत्यु भएको छ । ४० देखि ४९ वर्षसम्मका एक हजार ४९४, ५० देखि ५९ वर्ष उमेर समूहका दुई हजार ६३ र अज्ञात ७ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।