लाइसेन्स नभएका शिक्षकको जागिर गयो

बैतडी :  जिल्लाका विभिन्न विद्यालयहरूमा शिक्षकको जागिर गर्दै आएका अध्यापन अनुमति पत्र (लाइसेन्स) नभएका शिक्षकलाई अवकाश दिने तयारी भएको छ।  यहाँको सुर्नया गाउँपालिकाले अध्यापन अनुमतिपत्र (लाइसेन्स) नभएका शिक्षकहरुलाई अवकाश दिने भएको हो।गाउँपालिकाले एक सूचना जारी गर्दै आगामी असोज १ गतेदेखि लाइसेन्स नभएका शिक्षकहरूलाई अवकाश दिने जनाएको छ। गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिएको बारेमा ३ दिनभित्र पालिकालाई जानकारी गराउनसमेत भनेको छ।हालै बस