काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तानहरु अनिल गुरुङ र विराज महर्जन फुटबल करिअरको उत्तरार्धमा रहेका छन्। अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिइसकेका यी दुई खेलाडीले व्यवसायीक फुटबल खेलिरहेको टिम ब्रिगेड बोइज क्लब र च्यासल युथ क्लब कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट ‘बी’ डिभिजन लिगमा घटुवा भएको छ। अनिलको क्लब बिग्रेड बोइज र विराजको क्लब लिगको एक खेल अगावै रेलिगेशनमा परेका हुन्।