आँबुखैरेनी पहिरो : कार पुरिएको अवस्थामा भेटियो, मानवीय क्षतिको आशंका

काठमाडौं :  अबिरल वर्षाले आँबुखैरेनी मुग्लिन सडक खण्ड भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।तनहुँको आँबुखैरेनी खैरेनी गाउँपालिका–४ मर्स्याङ्दी जलविद्युत केन्द्रको ड्याम नजिक राजमार्गको तलबाट पहिरो खसेकोले दुईतर्फी यातायात अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।सडक भासिएको ठाउँमा एउटा सवारी साधन पनि पुरिएको अवस्थामा देखिएकाे रेग्मीको भनाइ छ।‘एउटा कारको हुट देखिएको छ, मानवीय क्षतिको पनि आशंका छ, थाहाखबरसँग क

सम्बन्धित सामग्री

आँबुखैरेनी सडक पहिरो : दुवै मृतकको पहिचान

पृथ्वी राजमार्गको तनहुँस्थित आँबुखैरेनीमा सडक भासिएको ठाउँमा भेटिएका दुवै मृतकको पहिचान भएको छ । शुक्रबार बिहान करिब ४ बजे आँबुखैरेनी–४ पावरहाउस नजिकको सडक भासिएसँगै बा१०च ४६७९ नम्बरको कार, ग३३प १०८१ नम्बरको मोटरसाइकल र बा१५प २९५३ नम्बरको स्कुटर मर्स्याङ्दी नदीमा खस्दा दुई पुरुषको शव भेटिएको थियो ।

मुग्लिन–आँबुखैरेनी सडक खण्डको पहिरोमा कार र मोटरसाइकल पुरियो, २ को शव भेटियो

२७ जेठ, तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा पहिरो गएको ठाउँमा २ जनाको शव भेटिएको छ । राति सडक नै टुट्ने गरी पहिरो जाँदा कार र मोटरसाइकल नदीमा खसेको डीएसपी युवराज खड्काले जानकारी दिए । पहिरोमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको हो । सडक पहिरोले […]