कांग्रेसलाई अकल्पनीय सफलता मिलेको भन्दै महामन्त्री खड्का र नेता खतिवडाले ढोगे किशुनजीको पाउ

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का र युवा नेता रामहरि खतिवडाले पार्टीको नेतृत्वमा सरकार बनेपछि संस्थापन नेता कृष्णप्रसाद भट्टराईको शालिकमा ढोगेका छन् ।  ललितपुरको बाडेगाउँस्थित भट्टराई आश्रममा पुगेर मंगलवार कांग्रेस महामन्त्री र नेता खतिवडाले कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण र पाउ ढोगेका हुन् ।  ‘मेरो राजनीति र जीवन दर्शनका गुरु परमपुजनीय किशुनज्यूको आश्रममा जसको प्रत्यक्ष दर्शनबाट प्राप्त प्रेरणाले यसपटक संविधान र लोकतन्त्रको रक्षा गर्न अकल्पनीय सफलता मिल्यो, तिनै प्रेरणाका स्रोतमा माल्यार्पण ...