कमल थापाले पार्टी छोडेका वेला राप्रपाले कसरी पायो धेरै मत?

हेटौंडा : शुक्रबार हेटौंडा उपमहानगरपालिकाको स्थानीय निर्वाचन–२०७९ सकिएको छ। निर्वाचनबाट हेटौंडाले नयाँ जनप्रतिनिधि मात्रै पाएन, एउटा नयाँ इतिहास पनि कोरयो। २०४८ सालपछि लगातार एमालेको कब्जामा रहँदै आएको हेटौंडाको नेतृत्व यो निर्वाचनबाट एमालेको कुब्जामुक्त हुँदै अन्य दलको पोल्टामा पुगेको छ।अहिलेको निर्वाचनले हेटौंडालाई पहिलोपटक महिला मेयर दिनुका साथै नेपाली कांग्रेसलाई पनि पहिलोपटक हेटौंडाको नेतृत्व गर्ने स्थानमा पुर्‍याएको छ। हेटौंडाको मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समा