सुर्खेत : पाँच वर्षअघि सडक, खानेपानी र विद्युतको समस्यले हैरानी खेप्दै आएको जाजरकोटको नलगाड नगरपालिका–३ स्थित कैना स्वास्थ्य चौकी अहिले सुधारिएर लोभलाग्दो भएको छ।स्वास्थ्य चौकीको नेतृत्व हेमा पुनले गरेकी छन्। उनी इन्चार्ज भएर उक्त स्वास्थ्य संस्था सञ्चालन गरेको लामो समय नभए पनि छोटो समयमा स्वास्थ्य संस्थाको मुहारमा उल्लेख्य परिवर्तन आएको छ। कात्तिक १७ गते गएको भूकम्पमा परी स्वास्थ्य संस्थामा क्षति भए पनि टेन्टमा सञ्चालनमा रहेको उक्त स्वास्थ्य संस्थामा अहिले टेन्टबाटै अल्ट्रासाउण्ड सेव