धान झार्ने थ्रेसर मेसिनले किसानलाई सजिलो

१५ मंसिर, सिन्धुली । धान थन्काउन सजिलो भएपछि सिन्धुलीमा थे्रसर मेशिनको प्रयोग बढेको छ । यसअघि धानका बिटा बाँधेर खलामा लैजाने या खेतका गरामा नै खलो बनााएर मानिसले धान झार्ने गरेकामा अहिले यो मेशिनका कारण पाकेको धान झार्न सजिलो र छिटो पनि भएको छ । यसकारण यहाँका किसानका बीचमा यो मेशिन लोकप्रिय बन्दै गएको छ […]

सम्बन्धित सामग्री

तीव्र गतिमा कृषि अनुसन्धान

धेरै किसानका लागि गोरुले दाइँ गरी धान चुट्ने दिन अब गइसके । एक आपसमा मिलेर दाइँ हाल्ने परम्परा भए पनि हिजोआज त्यस्तो दृश्य विरलै देख्न पाइन्छ । देशका अधिकांश ठाउँमा पछिल्लो समय धान चुट्न थ्रेसर मेसिन प्रयोग हुन थालेको छ । दाइँ गर्ने मात्र होइन, धान रोप्न र काट्न पनि मेसिन प्रयोग हुन थालेको छ । यसले किसानलाई धेरै सजिलो भएको छ । सिरहा नवराजपुरका जागेश्वर यादव भन्नुहुन्छ, “गाउँ छाडेर मानिस वैदेशिक रोजगारीमा वा अध्ययनका लागि सहरबजार गएपछि खेतमा काम गर्ने मजदुर पाइँदैन तर कृषिमा भित्रिएको प्रविधिले यो चिन्ता हटाइदिएको छ ।” धान रोप्नदेखि भित्र्याउनसम्म मेसिन प्रयोग हुन थालेपछि मजदुरको आवश्यकता नै पर्दैन । दाइँको तयारीका लागि पाँच/सात दिनअघिदेखि नै

थ्रेसरले किसानलाई राहत

गाउँघरमा कृषि मजदुरको अभाव हुँदै गएपछि सिन्धुली जिल्लामा पछिल्लो समयमा धानबाली भित्र्याउन किसानको रोजाइमा थ्रेसर मेसिन लोकप्रिय बन्दै गएको छ। परम्परागत रूपमा खेतालाको भरमा धानबाली भित्र्याउँदै आएका सिन्धुली जिल्लाका किसानले पछिल्लो समय आधुनिक थ्रेसर मेसिनप्रति आकर्षित भएका हुन्। काम गर्ने खेताला पाउनै मुस्किल र पाए पनि महँगो साथै समय पनि धेरै लाग्ने भएकाले धान भित्र्याउन थ्रेसर मेसिन प्रयोग गर्न थालेको किसानले बताएका छन्।

एसईईपछिको प्राविधिक शिक्षा

भान्सामा ग्यास चुलोको ठाउँ इन्डेक्सन चुलोले लिइरहेको छ। गाउँमा हलो, जुवा र गोरु थन्किएर खेतमा क्याक्टर दौडन थालेका छन्। घरघरमा वासिङ मेसिनमा लुगा धुन थालिएको छ। प्रशासकका कार्यालयका कामहरू सीसी क्यामेराले निगरानी गरिरहेको छ। धान झार्न गोरुको विकल्पमा थ्रेसर मेसिन आइपुगेको छ। धान रोप्ने ठाउँमा रोपाहरे होइन मेसिन भेटिन्छ । घरमै बसेर ‘जुम’ बाट विद्यार्थीहरूले पढिरहेका छन्।

२७ वर्षअघि बन्द वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन कति सम्भव ?

पर्सा । वीरगञ्जस्थित कृषि औजार कारखानाले उत्पादन गरेको धान कुट्ने थ्रेसर मेसिन कुनै बेला हेलिकप्टरबाट हुम्ला, जुम्लासम्म पुग्थ्यो । किसानलाई आवश्यक कुटो, कोदालोदेखि विद्युत् प्राधिकरणलाई आवश्यक पर्ने सामानसमेत यसै उद्योगबाट उत्पादन हुन्थ्यो ।तत्कालीन सोभियत संघ सरकारको आर्थिक सहयोगमा निर्माण भएर २०२४ साल फागुन २८ गते तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेको सो कारखाना करिब ३ दशक सञ्चालन भएर बन्द भयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५२ चैत ४ गते उद्योगलाई निजीकरण गरेर व्यक्तिलाई सञ

खोकनामा धान पाक्यो, किसानलाई चटारो (फोटो फिचर)

२ कात्तिक, काठमाडौं । ललितपुरको खोकनाका किसान हिजोआज धान थन्क्याउन ब्यस्त छन् । गत असार– साउनमा रोपेको धान अहिले फाँटमा लहलह झुलेको छ । त्यसैले किसानहरु खेतमा थ्रेसर मेसिन पुर्‍याएर धान झार्ने, केलाएर घर लैजाने, पराल …