आज विश्व पर्यटन दिवस । परिस्थिति सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको भीडभाड लाग्थ्यो । धेरै औपचारिक कार्यक्रम हुन्थे, योजना सुनाउने र बनाउने काम हुन्थे । कोभिड–१९ को त्रासदी हटेको छैन् । प्रविधिको प्रयोगमार्फत् हुने कार्यक्रमबाहेक बागलुङमा कुनै पनि कार्यक्रम भएनन् ।
पर्यटनका हिसाबले भरपुर सम्भावना बोकेको जिल्ला हो बागलुङ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० बाट आशा राखिएको थियो । महामारीले त्यसो हुन सकेन । विश्व पर्यटन दिवसका अवसरमा यहाँका पर्यटनसँग सम्बन्धित कोही कसैले औपचारिक कार्यक्रम गरेनन् । पत्रकारको साझा संस्था पत्रकार महासङ्घले भने प्रविधिकै प्रयोग गरेर भए पनि संसारलाई जोड्ने प्रयास ग-यो ।