तीन वटा पिलर ठडिएका छन् । आधामा स्ल्याब ढलान पनि भइसकेको छ । आसपासमा निर्माण सामग्रीहरू अलपत्र छाडिएका छन् । १८ महिनामा सक्ने गरी ठेक्का सम्झौता भएको बंक–नायल–बुडर सडक खण्डअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ को पहरिया र सुन्दरी फाँटा जोडने ओदाल खोलाको पुल ३ वर्षदेखि अलपत्र छ ।