टोकियो ओलम्पिकः खाली हात भए जोकोभिच

एजेन्सी। विश्व नम्बर एक नोभाक जोकोभिच ओलम्पिकमा पदकविहीन बनेका छन्। आज कास्य पदकका लागि भएको खेलमा सर्वियाका जोकोभिच स्पेनका पाब्लो कारेनो बुस्टासँग ६–४, ६–७(६), ६–३ को सेटमा हारेका हुन्। दुई दिनमा जोकोभिचको यो तेस्रो हार हो। यसअघि उनी जर्मनीका एलेक्जेन्डर जेरेभसँग र मिक्स डबलको सेमिफाइनलमा हारेका थिए। जेरेभसँग हारेसँगै जोकोभिचको गोल्डेन स्लाम जित्ने सपना समाप्त भएको थियो।