'लप्पन छप्पन २' को प्रचारप्रसार कार्यक्रममा सौगात मल्लको खोजी

काठमाडौं: 'लप्पन छप्पन २' फागुन २० गतेदेखि देशैभर प्रदर्शनमा आउँदैछ। फिल्म निर्माण टिमले आज फिल्मको प्रचारप्रसारका लागि पत्रकारसँग भेटघाट कार्यक्रम राखेको थियो। रिलिज मिति नजिकिँदै गर्दा फिल्म युनिटले पहिलो कार्यक्रम आयोजना गरेको हो।   'लप्पन छप्पन २' को मुख्य भूमिकामा छन् अभिनेता सौगात मल्ल। एक्सन जनरामा निर्माण भएको फिल्म राजनीतिक विषयवस्तुमा केन्द्रित छ। फिल्ममा सौगातका साथै शिव…