सफाइ जागरण फैल्याउन महत्वपूर्ण योगदान गरेको वाग्मती सफाइ महाअभियान पछिल्लो समय औपचारिकतामा सीमित हुन थालेको छ । महाअभियानले उठाउँदै आएको वाग्मती सुधारका काममा उल्लेख्य प्रगति हुन नसकेको जनाइएको छ । महाअभियानले ५०० हप्ता पूरा गर्दा अभियानले पहिले राख्दै आएका माग भने छोड्न थालेजस्तो देखिएको अभियानकर्मीले नै गुनासो गर्न थालेका छन् । पुसको चिसोमा पनि जारी […]
काठमाडौँ – गुह्येश्वरी पानी प्रशोधन केन्द्रअघिको वाग्मती नदीमा सफाइ गरी दुई टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको लहरसँगै वाग्मती सफाइ महाअभियानको आज ४९७ औँ हप्तामा गुह्येश्वरी पानी प्रशोधन केन्द्रस्थित झोलुङ्गे पुल वारिपारीको वाग्मती नदी किनारमा सफाइ गरिएको हो । त्यस क्षेत्रको नदीभित्र एवं बाहिरको झार फाँडेर सफाइ गरिएको अभियानकर्मी किशोरसिंह […]
बागमती सफाइ महाअभियान चैतअघिकै अवस्थामा हुन थालेको छ ।
चैत ११ गतेपछि कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दी भएसँगै भौतिक दूरी कायम गरी स्वास्थ्य र सुरक्षाका विधि अपनाएर सफाइ गरिन्थ्यो ।
महाअभियानको ४०१ औं हप्तामा मीनभवन तीनकुने क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । सफाइमा सशस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष सरिता खनालको नेतृत्वमा ८० जना सफाइमा सहभागी भएको थिए ।
अभियानकर्मीसहित २०० जनाले बाग्मती सफाइमा भाग लिएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिए ।
...