जेठ २, काठमाडौं । आइतवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ५० दशमलव ५७ अंकले बढेर २ हजार ७३४ दशमलव ६५ विन्दुमा पुगेको छ ।
१ दशमलव ८८ प्रतिशतले बढेको बजारमा २०९ ओटा रू. ७ अर्ब ५७ करोड २७ लाख ३५ हजार बराबरको खरीदविक्री शेयर भएको छ ।
कारोबारको तेस्रो घण्टामा रु रु जलविद्युत् परियोजनाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, समता घरेलु लघुवित्त, सप्तकोशी डेभलपमेण्ट बैंक, शिखर इन्स्योरेन्स, प्रोग्रेशिभ फाइनान्स र विशाल बजार कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ४ दशमलव ३६ प्रतिशतले बढेको छ ।
यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ६८ करोड ५६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ६५८ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा एनसीसी बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ३७२ मा रू. २५ करोड ९४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।