काठमाडौं । चलचित्र ‘प्रसाद–२’ छायांकन नहुँदै रोकिएको छ । १७ दिन अगाडि कलाकारसहित सम्पूर्ण छायांकन युनिट पोखरा पुगे पनि चलचित्रको छायांकन सुरु भएको थिएन ।
पारिश्रमिक र चलचित्रको भिजुअल ल्याङवेजलाई लिएर असमजदारी भएपछि सिनेमाको छायांकन सुरु नहुँदै रोकिएको हो । चलचित्रका मुख्य कलाकार विपीन कार्कीले पटक–पटक सम्झौता अनुसार पारिश्रमिक माग गरे पनि...