इलामको माङसेबुङ गाउँपालिकामा तालाबन्दी

कोशी प्रदेश खारेजीको माग गर्दै इलामको माङसेबुङ गाउँपालिकामा आन्दोलनरत पक्षले तालाबन्दी गरेको छ । प्रदेश १ को नाम ‘कोशी’ पारित गरेसँगै त्यसको विरोधमा उत्रिएको समूहले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।