काठमाडौं, १३ फागुन । अस्वस्थ भएर मेडिसिटी अस्पतालमा उपचाररत एमाले नेता वसन्तकुमार नेम्वाङको स्वास्थ्यमा सुधार भैरहेको छ । एमाले नेता शेरधन राईले आज अस्पताल पुगेर नेम्वाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनले नेम्वाङसँगको तस्विर सेयर गर्दै फेशबुकमा लेखेका छन्–‘नेकपा (एमाले) केन्द्रीय कमिटीका सदस्य तथा प्रतिनिधीसभाका सदस्य पुर्ब मन्त्री माननीय वसन्त कुमार नेम्वाङको स्वास्थ्यमा क्रमिक […]
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ का एमाले नेता प्रकाश श्रेष्ठ कांग्रेसमा प्रवेश गरेका छन्। श्रेष्ठलाई कांग्रेसका युवा नेता तथा काठमाडौं–५ का उम्मेदवार प्रदीप पौडेलले पार्टी प्रवेश गराएका हुन्।
कांग्रेस प्रवेश गरेका श्रेष्ठले...
काठमाडौं, असोज १३ । नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ । उनीहरूकी ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको हो । सुरेन्द्रले सामाजिक सञ्जालमा जनाए अनुसार उनका कान्छा भाइ दीपेन्द्रले बिहान ४ः१५ बजे फोन गरेर आमाको निधन भएको खबर गरेका थिए । चितवनमा रहेका […]
पाल्पाका पूर्व सांसद भद्रबहादुर थापा मगरको निधन भएको छ । पाल्पा क्षेत्र नम्बर १ का पूर्वसांसद तथा एमाले नेता ७० वर्षीय थापाको आज बिहान निधन भएको हो । २०५६ सालको आम चुनावमा पाल्पा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित थापाको रामपुर नगरपालिका-१० मा रहेको आफ्नै निवासमा निधन भएको हो । थापा केही वर्षअघिदेखि मुटुको रोगबाट ग्रसित थिए । २०६४ सालमा अन्तरिम विधायिका सदस्य रहेका थापा पछिल्लो समय नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सदस्यसमेत रहेका थिए । उनका श्रीमती,
काठमाडौं- नेकपा एमाले नेता भीम आचार्यलाई कोरोना संक्रमण भएको छ । ज्वरो आएपछि चेकजाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । आचार्यलाई कोरोना देखेपछि पूर्वका प्रतिनिधि, उम्मेदवार चिन्तित बनेका छन् । महाधिवेशनका बेला खटिनुपर्नेमा बिरामी परेपछि महाधिवेशन प्रतिनिधि चिन्तित बनेका हुन् ।
नुवाकोटका एमाले नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमाले जिल्ला कमिटी सदस्य समेत रहेका नेपाल सुनचाँदी कला ब्यवसायी संघका केन्द्रीय महासचिव अमृत गजमेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनले आफू एमाले प्रवेश गरेर माओवादी केन्द्रमा समाहित भएको गजमेरले जानकारी दिए । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रजमान तामाङ र किरण रिजालको रोहबरमा पार्टी प्रवेश गरेका उनले सम्पूर्ण उत्पीडन वर्गको रक्षा गर्ने एक मात्र पार्टी माओवादी भएको बताए ।
नेपाल कम्युुनिष्ट पार्टी (एमाले)को शुक्रबारबाट ललितपुरमा हुन गईरहेको प्रथम विधान महाधिवेशनबारे जानकारी दिन बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै पूर्व गृहमन्त्री एवं एमाले नेता रामबहादुुर थापा 'बादल' । तस्वीर रासस
काठमाडाैं । कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको निधन भएको छ । चौलागाईंको मंगलबार साँझ निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो । एमालेका लोकप्रिय नेता चौलागाईँ गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित […]
The post कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.
एमाले नेता पशुपति चौलागाइँको निधन भएको छ । कोरोना संक्रमणका कारण उनको मंगलबार साँझ निधन भएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।
संक्रमण पुष्टि भएसँगै मनमोहन अस्पतालमा उपचाररत रहेकै अवस्थामा उनको निधन भएको हो ।
यसैगरी पर्यटन मन्त्री भानुभक्त ढकालले उनको निधन भएको बताउँदै सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् ।
उनी दोलखाबाट बागमती प्रदेशसभामा निर्वाचित भएका थिए । पछिल्लो समय एमालेभित्रको विवाद बढ्दै गर्दा उनी माधव नेपाल पक्षतिर लागेका थिए ।