काठमाडौं। सकारले ३ प्रदेशका प्रदेश प्रमुख फेरेको छ। जसअनुसार प्रदेश–१ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशी नियुक्त भएका छन्। मन्त्रिपरिषदको बैठकले मोतीपुर घटनाका मृतक परिवारलाई साढे पाँचलाख राहतदिने निर्णय गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले कुनै हालतमा राजीनामा नदिने र आफु असंवैधानिक दबाबसामु नझुक्ने प्रष्ट पारेका छन्। नेप्से परिसूचक ७९.७९ अंकले घटेको छ।