साइन रेसुंगाको एपबाट आइएमई पेमा पैसा ट्रान्सफ

काठमाडौं– डिजिटल वालेट आइएमई पेमा अब साइन रेसुंगा विकास बैंकका सेवाग्राहीले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् । मोबाइल बैंकिङमार्फत् सिधै क्यास लोड गर्न सकिने आइएमई पेले जनाएको छ । सेवाग्राहीलाई विद्युतीय भुक्तानी सहज बनाउने उद्देश्यले बैंक र आइएमई पेबीच सम्झौता भएको छ । आइएमई पेले क्यासलेस समाज निर्माणमा योगदान पुर्‍याउँदै आएको छ ।