अस्पतालमा आक्रमण गर्नेमाथि कारवाही गर्न चिकित्सक संघको माग, आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी

चितवन : नेपाल चिकित्सक संघ चितवन शाखाले चितवन मेडिकल कलेजमा भएको तोडफोड र चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आरोप लगाउनेलाई कारवाही गर्न माग गरेको छ। संघले जिल्ला प्रशासन कार्यालय चितवनमा आज ज्ञापनपत्र बुझाउँदै दोषीलाई कानूनी कारवाहीको माग गरेको हो। संघका अध्यक्ष डा प्रकाश खतिवडाले हस्ताक्षर गरी बुझाइएको ज्ञापनपत्रमा आइतवार चितवन