थारु जातिलाई मधेसीमा परिभाषित गर्न खोजेपछि थारु आयोगको विरोध

दुई संवैधानिक आयोग थारु आयोग र मधेसी आयोगबीच अन्तरद्वन्द्व बढेको छ । मधेसी आयोगले थारु जातिलाई मधेशीको रुपमा परिभाषित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि थारु आयोगले विरोध जनाएको हो ।थारु आयोगले विहीबार एक विज्ञप्ति जारी गर्दै मधेसी आयोगले थारु जातिलाई मधेसीको रुपमा परिभाषित गर्न सिफारिस गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । थारु आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘थारु समुदायको पहिचानमाथि नै चुनौती खडा गर्नेगरी ल्याएको उक