जिल्ला अदालत तनहुँले बलात्कार अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका अभिनेता पल शाह र पीडित किशोरीबारे अमर्यादित र अश्लील ढंगले टिकाटिप्पणी नगर्न सचेत गराएको छ । जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले आम सञ्चार माध्यम, कानून व्यवसायी र सर्वसाधारण सबैमा अनुरोध गरेको हो। मुद्दा अदालतमा विचारधिन रहेको र साक्षी प्रमाण बुझ्ने समेतको कार्य बाँकी नै रहेकाले अनुसन्धान, अभियोजन एवं न्यायिक काम कारवाहीको विषयमा र पीडित तथा प्रतिवादी लगायत निजहरुको परिवारजन समेतबारे अमर